ताजा अपडेट

एमाले विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा के छ?

September 7, 2025

एमाले विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा के छ?

नेकपा (एमाले)को शुक्रबारदेखि जारी विधान महाधिवेशनको आज समापन हुँदैछ। 

ललितपुरको गोदावरीस्थित सनराइज हलमा शुक्रबार उद्घाटन भएको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गरेका थिए। 

अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव पोखरेलले सांगठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

ती प्रतिवेदनमा शनिबार छलफल भएको थियो। छलफलका लागि १० वटा समूह बनाइएको थियो।

ती समूहको टोली नेताले आफ्नो समूहमा भएको छलफल र त्यसको निष्कर्ष आइतबार सुनाउनेछन्।

त्यसमा अध्यक्ष ओलीले जबाफ दिनेछन्।

अध्यक्ष ओलीले जबाफ दिएपछि आजै विधान महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका छ। 

सम्बन्धित समाचारहरू

Related Event Image
ताजा अपडेट

एमालेको विधानमा के-के भयो परिवर्तन ?

एमालेको विधानमा के-के भयो परिवर्तन ? काठमाडौं । नेकपा (एमाले)ले दोस्रो विधान महाधिवेशनमा पार्टीको वैचारिक,...

मिति: September 6, 2025

थप पढ्नुहोस् →
Related Event Image
ताजा अपडेट

नेतृत्व क्षमता र राजनीतिक दूरदृष्टिका कारण अध्यक्ष ओली राष्ट्रकै निर्विकल्पः महासचिव पोखरेल

नेतृत्व क्षमता र राजनीतिक दूरदृष्टिका कारण अध्यक्ष ओली राष्ट्रकै निर्विकल्पः महासचिव पोखरेल १४ भदौ (२०८२),...

मिति: September 1, 2025

थप पढ्नुहोस् →
Related Event Image
ताजा अपडेट

प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सीद्वारा आयोजित स्वागत समारोहमा

प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सीद्वारा आयोजित स्वागत समारोहमा१५ भदौ (२०८२), थियानजिन (चीन) । प्रधानमन्त्री केपी...

मिति: September 1, 2025

थप पढ्नुहोस् →