ताजा अपडेट

प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सीद्वारा आयोजित स्वागत समारोहमा

September 1, 2025

प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सीद्वारा आयोजित स्वागत समारोहमा

१५ भदौ (२०८२), थियानजिन (चीन) । प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी चिनफिङ र उहाँकी धर्मपत्नी पेङ लियुआनद्वारा शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा सहभागी हुनुभएको छ ।

चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आयोजित सांस्कृतिक प्रस्तुतिसहितको रात्रिभोजमा प्रधानमन्त्री ओली, प्रथम महिला राधिका शाक्यसहितको प्रतिनिधिमण्डलमा उच्च पदाधिकारी पनि सहभागी हुनुभएको हो ।

राष्ट्रपति सीको मैत्रीपूर्ण निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि यहाँ पाँचदिने भ्रमणमा रहनुभएको छ । भ्रमणका क्रममा पहिलो दिन प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच द्विपक्षीय भेटवार्ता भइसकेको छ । सोमबार (भदौ १६ गते) सुरु हुने शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुनेछ ।

 

प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता

यसअघि आजै प्रधानमन्त्री ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको छ । शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यहाँ रहनुभएका दुई प्रधानमन्त्रीबीच आज भेटवार्ता भएको हो ।

भेटका अवसरमा दुई देशबीचको सांस्कृतिक, कूटनीतिक र आर्थिक सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भियतनामका प्रधानमन्त्री चिङले उपराष्ट्रपति भो थि आन सुआनको हालैको नेपाल भ्रमणको स्मरण गर्दै प्रधानमन्त्री ओलीलाई भियतनाम भ्रमणका निम्ति आमन्त्रण गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भियतनामको स्वतन्त्रताको लडाइँमा नेपालको ऐक्यबद्धता प्रकट गर्दै छोटो अवधिमा सो मुलुकले गरेको प्रगति सबैका निम्ति प्रेरक रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले नेपाल आगामी वर्ष विकासशील मुलुकमा स्तरोन्तति हुने अवगत गराउँदै पर्याप्त प्रतिफल प्राप्त हुने ऊर्जा क्षेत्रमा लगानी गर्न आह्वान गर्नुभयो । उहाँले समकक्षी चिङलाई नेपाल भ्रमणको निमन्त्रणा पनि गर्नुभयो ।

भेटमा भ्रमण दलमा सहभागी मन्त्रीहरु, सांसदहरु र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीको सहभागिता थियो । 

सम्बन्धित समाचारहरू

Related Event Image
ताजा अपडेट

एमाले विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा के छ?

एमाले विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा के छ?नेकपा (एमाले)को शुक्रबारदेखि जारी विधान महाधिवेशनको आज समापन हुँदैछ। ...

मिति: September 7, 2025

थप पढ्नुहोस् →
Related Event Image
ताजा अपडेट

एमालेको विधानमा के-के भयो परिवर्तन ?

एमालेको विधानमा के-के भयो परिवर्तन ? काठमाडौं । नेकपा (एमाले)ले दोस्रो विधान महाधिवेशनमा पार्टीको वैचारिक,...

मिति: September 6, 2025

थप पढ्नुहोस् →
Related Event Image
ताजा अपडेट

नेतृत्व क्षमता र राजनीतिक दूरदृष्टिका कारण अध्यक्ष ओली राष्ट्रकै निर्विकल्पः महासचिव पोखरेल

नेतृत्व क्षमता र राजनीतिक दूरदृष्टिका कारण अध्यक्ष ओली राष्ट्रकै निर्विकल्पः महासचिव पोखरेल १४ भदौ (२०८२),...

मिति: September 1, 2025

थप पढ्नुहोस् →