ताजा अपडेट

नेतृत्व क्षमता र राजनीतिक दूरदृष्टिका कारण अध्यक्ष ओली राष्ट्रकै निर्विकल्पः महासचिव पोखरेल

September 1, 2025

नेतृत्व क्षमता र राजनीतिक दूरदृष्टिका कारण अध्यक्ष ओली राष्ट्रकै निर्विकल्पः महासचिव पोखरेल 

१४ भदौ (२०८२), ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा राष्ट्रिय स्वाभिमान, स्थायित्व र समृद्धि सम्भव हुने बताउनुभएको छ । 
आज गोदावरी नगर कमिटीद्वारा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै महासचिव पोखरेलले भन्नुभयो– देशमा अध्यक्ष ओलीको विकल्प छैन । संसदमा दोस्रो ठूलो पार्टी भए पनि जनताको मनमा एमाले नै पहिलो पार्टी हो । 
महासचिव पोखरेलले ७० वर्षे उमेर सीमा हटाइएको अध्यक्ष ओलीका लागि मात्र नभएको तर नेतृत्व क्षमता र राजनीतिक दृष्टिकोणकै कारण उहाँ राष्ट्रको निर्विकल्प रहेको दोहोर्याउनुभयो । उहाँले भन्नुभयो– संवैधानिक संसदीय व्यवस्थामा राष्ट्रपतिको छुट्टै स्थान छ । पूर्व राष्ट्रपति सम्मानित र मर्यादित रहनु आवश्यक छ । पार्टीले आफ्नो नेताको सम्मानमा कुनै कसर बाँकी राखेको छैन ।
भारतले लगाएको नाकाबन्दीको अध्यक्ष ओलीकै नेतृत्वमा डटेर सामना गरिएको स्मरण गर्दै महासचिव पोखरेलले भन्नुभयो– कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नक्सा बदल्ने सामथ्र्य ओलीबाहेक कसैमा छैन । ढिलोचाँडो छिमेकीले पनि यस विषयमा सुन्नै पर्छ ।
उहाँले एमाले पटक–पटक विभाजित भए पनि पुनः संगठित हुने क्षमता राख्ने पार्टी भएको स्पष्ट गर्नुभयो । महासचिव पोखरेलले  भन्नुभयो– दूरदर्शी नेतृत्व अध्यक्ष ओलीमै छ, एमाले बलियो राजनीतिक शक्ति बनेको छ र अब पार्टी ‘मिसन– २०८४’ सफल पार्दै अघि बढ्छ ।
कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले पनि पार्टीभित्र निराश हुने अवस्था नरहेको बताउनुभयो । 
उहाँले भन्नुभयो– २०७९ को तुलनामा अहिलेको परिवेश अनुकूल हुँदै गएको छ । व्यक्तिगत दम्भ र जुँगाको लडाइँ त्यागेर फराकिलो छाती बनाएर पार्टी एक भए विजय सुनिश्चित हुनेछ ।
डा. भट्टराईले पार्टी एकता, संगठन विस्तार र कार्यकर्ताको सक्रियताबाट ‘मिसन– २०८४’ सफल पार्दै एमाले अझ शक्तिशाली बन्ने विश्वास व्यक्त गर्नुभयो ।
नगर कमिटी अध्यक्ष विक्रम घिमिरेले विधान महाधिवेशन गोदावरीमै हुनु नगरवासीका लागि सुखद भएको बताउनुभयो । उहाँले गोदावरीमा गुट उपगुटलाई ठाउँ नदिइन अठोट गर्दै २०५४ सालको एमालेको विरासत २०८४ सालमा फर्किने विश्वास व्यक्त गर्नुभयो । 
यसैगरी, कमिटी उपाध्यक्ष रमी प्रधानाङ्गले समय–समयमा आन्तरिक तथा बाह्य प्रहार भए पनि एमाले कहिल्यै विचलित नभएको स्मरण गर्दै सबै स्थानीय कार्यकर्ता एकताबद्ध भई संगठन सुदृढ बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो । 


सम्बन्धित समाचारहरू

Related Event Image
ताजा अपडेट

एमाले विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा के छ?

एमाले विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा के छ?नेकपा (एमाले)को शुक्रबारदेखि जारी विधान महाधिवेशनको आज समापन हुँदैछ। ...

मिति: September 7, 2025

थप पढ्नुहोस् →
Related Event Image
ताजा अपडेट

एमालेको विधानमा के-के भयो परिवर्तन ?

एमालेको विधानमा के-के भयो परिवर्तन ? काठमाडौं । नेकपा (एमाले)ले दोस्रो विधान महाधिवेशनमा पार्टीको वैचारिक,...

मिति: September 6, 2025

थप पढ्नुहोस् →
Related Event Image
ताजा अपडेट

प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सीद्वारा आयोजित स्वागत समारोहमा

प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सीद्वारा आयोजित स्वागत समारोहमा१५ भदौ (२०८२), थियानजिन (चीन) । प्रधानमन्त्री केपी...

मिति: September 1, 2025

थप पढ्नुहोस् →